आज सुनको मूल्य ५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ १२, काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको छापावाल सुन आज पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि…

पुरा पढ्नुहाेस्