कोरोना खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्छ : डब्ल्यूएचओ

मंसिर २२, काठमाडौं । अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धको खोपले ओमिक्रोन भेरियन्टका विरुद्धमा पनि काम गर्ने देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्ल्यूएचओले अहिले प्रयोग भैरहेका खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने देखिएको जनाएको हो । अहिलेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्ल्यूएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले बताएको बीबीसीले जनाएको छ । अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन अझै अनुसन्धान आवश्यक रहेको तर ओमिक्रोनले खोपलाई छल्ने…

पुरा पढ्नुहाेस्