एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाको आवेदन

चैत १९, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५ सय ८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन् । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए । सो परीक्षाका लागि १ सय ११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए…

पुरा पढ्नुहाेस्

मेडिकल कलेजले शुल्क नघटाए सिट संख्या घटाउने चेतावनी

पुस ८, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो । आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सिट रोक्का गर्न पत्र पठाउने तयारी भइरहेको बताए । कारबाही…

पुरा पढ्नुहाेस्

शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन चिकित्सा शिक्षा आयोगको आह्वान

फागुन ७ काठमाडौं । स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन चिकित्सा शिक्षा आयोगले विज्ञहरुलाई विज्ञ सूची दर्ताका गर्न आग्रह गरेको छ । नेशनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम बनाउनका लागि विज्ञहरूलाई विज्ञ सूचीमा आबद्ध हुनका लागि आयोगले सूचना जारी गरेर आह्वान गरेको हो । यस्तै विज्ञहरूलाई फागुन २१ गतेभित्र निवेदन पेश गर्न आग्रह गरिएको छ । आयोगले आफ्नो योग्यता खुल्ने कागजात सहित इमेल मार्फत निवेदन पेश गर्न उपसचिव महेश्वर शर्माद्वारा जारी गरिएको सूचनामार्फत आह्वान गरिएको हो ।

पुरा पढ्नुहाेस्

चिकित्सा शिक्षाको शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

माघ ११ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढाउन निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले शुक्रबारको आयोगको बैठकमा कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन बरु घटाउन निर्देशन दिनुभएको थियो । आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबीबीएस कार्यक्रमका लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेस गरेको थियो । सिफारिस समितिले १७ विषयमध्ये अधिकांशमा विषयमा बढाउन सिफारिस गरेको थियो । बीडीएस, एमडीएमएस, एमडीएस साइन्स, एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा,…

पुरा पढ्नुहाेस्