टी–२० क्रिकेट लिग बिग बाश: सन्दीप लामिछाने आबद्ध टिमद्धारा सिड्नी थन्डर पराजित

पुस २९,काठमाडौँ । अस्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले सिड्नी थन्डरलाई नौ रनले हराएको छ । आज बिहीवार भएको खेलमा होबार्टले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको सिड्नी थन्डरले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाउँदा एक सय ६८ रनमात्र बनाउन सक्यो । सिड्नी थन्डरका लागि एलेक्स हेल्सले ३८, जेसन सङ्घाले ३१ र नाथन म्याकएन्ड्रियुले ३० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ होबार्टका लागि रिले मेर्डिथ र जोर्डन थोम्पसनले तीन–तीन विकेट लिए । यस्तै सन्दीपले चार ओभरमा २६ रन…

पुरा पढ्नुहाेस्