नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

साउन २३,काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९:३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर दुईतर्फि सडक अवरुद्ध भएको थियो । सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।  

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्डः भित्तो काट्ने तयारी

माघ २७,चितवन । मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ। पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ। तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ। सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए। ‘तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ’, उनले भने। दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ। दायाँतर्फ ६० मिटर…

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्ड : तोपे खोलाको सुख्खा पहिरो हटाईएपछि सडक सञ्चालन

जेठ २७, काठमाण्डौ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेतिर खसेको सुख्खा पहिरो हटाएपछि सडक खुलेको हो ।

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

असोज २,चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । पहिरोले अवरुद्ध सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको थियो । चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसेको छ ।   फोटो फाईल

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन

भाद्र ६, चितवन । सुख्खा पहिरो आएर गएरातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो । राति २ बजे इच्छाकामना गाउँपालिका ४ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक खस्यो, एक घाईते

माघ २०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक खसेको छ । चामल बोकेको ट्रक मुग्लिन सडकखण्ड अन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खुेको हो । ट्रक खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ दुर्घटनामा परेको हो । सोमबार बिहान भएको दुर्घटना पछि उद्दारका लागि प्रहरी पुगेको थियो । दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोली दिउँसो पनि सडक बन्द

पौष २३, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरीे काम हुँदै आइरहेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिनेछन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र…

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्ड : भासिएको ठाउँमा वर्षापछि भित्तो काट्न सुझाव

असार २९,मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ । गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञ समूहले आज प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा अहिले तत्काल सडक एकतर्फी सञ्चालन गर्न सुझाव दिइएको छ । वर्षात घटेपछि भित्तो काटेर दुईतर्फी सवारी सञ्चालन गर्न उपयुक्त हुने पनि प्रतिवेदनमा उल्लेख छ । दुईतर्फी सवारी आवागमनका लागि छ मिटर हाराहारीमा भित्तो काट्नुपर्ने हुन्छ । सो ठाउँमा भिरालो जमिन रहेकाले चार मिटर अग्लो ठाउँबाट भित्तो काट्न सकिने…

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्डबारे एसएमएसबाटै सूचना पाइने

असार १७,काठमाडौँ । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए–नभएको सूचना एसएमएसबाटै पाइने भएको छ । महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो । महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् । ‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’, महाशाखाले भनेको छ ।

पुरा पढ्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्डमा २४ सै घण्टा गाडी चल्ने, कालोपत्र गर्ने कार्य सम्पन्न

जेठ २३, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले बताए । उनका अनुसार दोस्रो तह ३२ दशमलब ७ किलोमिटर र तेस्रो तह १२ दशमलब ७ किलोमिटर कालोपत्र गरिएको छ । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह…

पुरा पढ्नुहाेस्