नेकपा सचिवालय बैठक बस्दै, एमसीसीको मुद्दामा रस्साकस्सी पर्ने

फाल्गुण १०, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसीको मुद्दा प्रमुख हुनेछ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने बुझिएको छ । खनालको प्रतिवेदनमा संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने सुझाव दिइएको छ । यसबारे आज गम्भीर छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बुझिएको छ ।

पुरा पढ्नुहाेस्

नेकपा सचिवालय बैठक बस्दै, स्कुल विभागको गाँठो फुक्ला ?

साउन ३०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दै छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । नेकपामा स्कूल विभागमा टुंगो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ । नेकपाको अहिलेसम्म प्रदेश कमिटी…

पुरा पढ्नुहाेस्

नेकपा सचिवालय बैठक बस्दै, दर्जन बढी एजेण्डामा छलफल हुने

कात्तिक ७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा खासगरी तल्ला तहमा अन्योलता सिर्जना भएको छ । नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि यसमा…

पुरा पढ्नुहाेस्