प्रतिनिधि सभाको बैठक आज बस्दै

असार २५, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको छ । आइतबार संसद्को अवरोध खुलाउनेबारे तीन दलबीच छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्‍मा प्रष्टीकरण दिने सहमति बनेको थियो ।

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ?

वैशाख ३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक आज बस्दै

भाद्र १९, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज आइतवार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । आइतवारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन तथा हेरफेरको रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् ।

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक आज बस्दै, आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा संसदमा प्रस्तुत गर्ने

असार ६, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची बनेको संसदको सचिवालयले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, २०७९’ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नेछन् । आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि…

पुरा पढ्नुहाेस्