प्रतिनिधि सभाको बैठक आज बस्दै

भाद्र १९, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज आइतवार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । आइतवारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन तथा हेरफेरको रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply