बाबुरामले गरे गोप्य मतदान सार्वजनिक

बैशाख ३०, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको बुथमा मतदान गरेका हुन् । भट्टराईले आफूले मतदान गरेको तस्वीर पनि सार्वजनिक गरेका छन् । छाता चुनाव चिह्नमा मतदान गरेको मतपत्र पनि डाक्टर भट्टराईले सार्वजनिक गरेका छन् । निर्वाचन आयोगले मतदान केन्द्रमा मोबाइल फोन लैजान र मतदानको फोटो खिच्न प्रतिबन्ध लगाएको छ । तर उनले आयोगको निर्देशन विपरित फोटो सार्वजनिक गरेका हुन् ।

पुरा पढ्नुहाेस्

दोलखाको वैतेश्‍वरमा झडप, मतदान रोकियो

बैशाख ३०, काठमाडौँ । दोलखाको वैतेश्‍वर गाउँपालिकाको तीन वटा वडामा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । एमाले र कांग्रेसका कार्यकर्ताको झडप हुँदा वडा १, २ र ३ मतदान सुरु हुन नसकेको हो । वडा नम्बर १ मा एकछिन मतदान भए पनि हाल स्थगित भएको छ । मतदान केन्द्रमा प्रतिनिधि राख्नुपर्ने भन्दै झडप सुरु भएको गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत वशिष्ठ घिमिरेले जानकारी दिए । उनले मतदान केन्द्रमा थप सुरक्षाकर्मी मगाइएको बताए । मतदान केन्द्रमा आफ्नो पार्टीको मात्र प्रतिनिधि राख्‍ने विषयमा झडप भएको घिमिरेले जानकारी दिए । बिहान केही समयअघि भीडलाई…

पुरा पढ्नुहाेस्

नेपाल बारको नयाँ नयाँ नेतृत्व चयन गर्न मतदान चल्दै

चैत १९, काठमाडौँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि अहिले मतदान जारी छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान प्रारम्भ भएको छ । मतदान अपराह्न ४ बजे सम्पन्न हुनेछ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् । नयाँ कार्यसमितिका…

पुरा पढ्नुहाेस्