यातायात व्यवस्था सेवा कार्यालयमा अनलाइन टोकन प्रणाली सुरु

माघ ३,चितवन । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी नवीकरणका लागि अनलाइन टोकन सुरु गरिएको हो । कार्यालयमा लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन सुरु गरिएको थियो । अहिले कोभिड सङ्क्रमणको जोखिम बढेसँगै सवारी नवीकरणमा पनि अनलाइन टोकन सुरु गरिएको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिए । एक घण्टामा ३० वटा सवारी र १३ वटा लाइसेन्स नवीकरण गर्ने गरी…

पुरा पढ्नुहाेस्