राष्ट्रपति, प्रधानमन्त्री हुँदै सभामुखसम्मका पदको रस्साकस्सीले सरकार गठन अन्योलमा !

पौष ४, काठमाण्डौ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकमा नयाँ जनादेश पाएको छ । निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्टपति विद्यादेवी भण्डारीलाई अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको वैधानिक बाटो खुलिसकेको छ । तर, सत्ताको नेतृत्वमा रहेका राजनीतिक दल राष्ट्रपति, प्रधानमन्त्री हुँदै सभामुखसम्मका पदको रस्साकस्सीमा लाग्दा सरकार गठन अन्योलमा छ । सत्ता गठबन्धनको नेतृत्व गरेको दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ । कांग्रेस राष्टपति पनि आफैं लिनेगरी अघि बढिरहेको छ । वर्तमान प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने प्रयासमा…

पुरा पढ्नुहाेस्

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रोँ निर्वाचित

बैशाख १२, एजेन्सी । फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रोँ निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोँले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोँले ५८.५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१.४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् । चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष…

पुरा पढ्नुहाेस्

राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीद्धारा छठ पर्वको शुभकामना व्यक्त

कात्तिक २४, काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ संसारकै मौलिक पर्व भएको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठ पर्वले…

पुरा पढ्नुहाेस्

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने

फागुण १९, काठमाण्डौ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् ।

पुरा पढ्नुहाेस्

राष्ट्रपति, प्रधानमन्त्रीलगायतको फोटो बिगार्ने गोपीबल पक्राउ

बैशाख १०,काठमाडौँ । उच्च ओहोदाका विभिन्न व्यक्तिको फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेताहरुको फोटो बिगार्ने, अरुको शरीरमा उनीहरुको फोटो राख्ने, अश्लिल गाली गर्नेलगायतका काम गरेको भन्दै मकवानपुरका भिमफेँदी घर भएका गोपीबल लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । उनलाई हेटौँडाबाट पक्राउ गरिएको र विद्युतीय कारोबर अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्

राष्ट्रपति, प्रधानमन्त्री तथा दलका शीर्ष नेताबाट दीपावली र नेपाल सम्वतको शुभकामना व्यक्त

कार्तिक १२,काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्ष नेताले दीपावली एवं नेपाल संवतको नयाँ वर्ष ११४० को अवसरमा शुभकामना दिएका छन । शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक संवतको रूपमा रहेको नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास गरिन् । दीपावली र नेपाल संवतको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिएका छन । उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदै गर्दा नेपालको मौलिक संवत् नेपाल संवतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा भएको भन्दै उनले विविधतायुक्त…

पुरा पढ्नुहाेस्