सगरमाथा आरोहणमा ४२ आरोही समूहले लिए अनुमति

बैशाख १६, काठमाण्डौ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका ३९४ जनाले आरोहण अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पर्यटन विभागले हालसम्म जारी गरेको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४२ आरोही समूह छन् । अझै केही दिन आरोही आउने भएकाले यो सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । विभागका अनुसार सगरमाथाका लागि ४२ सहित ८२ आरोही समूहका ७२३ आरोहीले…

पुरा पढ्नुहाेस्