१ जनवरीदेखि पोखराका सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट

पौष ५,काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोही दिनदेखि सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने विमानस्थल कार्यालयका प्रवक्ता अनुप जोशीले जानकारी दिए । जोशीका अनुसार अल्ट्रालाइट र हेलिकप्टर भने तत्कालका लागि पुरानै विमानस्थलबाट सञ्चालन हुनेछन् । ‘यो विमानस्थल तत्कालका लागि भीएफआर प्रविधिबाट सञ्चालनमा आउँछ, यसको मतलब घाम उदाएपछि नअस्ताएसम्म यहाँ उडानअवतरण हुनेछन्’ उनले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस विमानस्थलमा गरिएको क्यालिब्रेसन उडानको प्रारम्भिक…

पुरा पढ्नुहाेस्