३३ केजी सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा !

असोज १७,काठमाडौँ । गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले बताए । उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । गृहन्त्रालयले एस्एसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरेपनि डिएसपी केसीबारे केही खुलाएको छैन ।…

पुरा पढ्नुहाेस्

३३ केजी सुन तस्करी प्रकरणः गोरेका भाइ रमेश यूएईमा समातिए !

३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् । उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो । यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो । ‘उप्रेतीलाई केही दिनअघि पक्राउ गरिएको हो’, गृह स्रोतले भन्यो, ‘नेपाल ल्याउने तयारी भइरहेको छ ।’

पुरा पढ्नुहाेस्

३३ केजी सुन तस्करी प्रकरण : गोरे,खत्री र भुजुङलाई काठमाडौँमै राखेर अनुसन्धान गरिने !

जेठ २८,काठमाडौँ । ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार दिउँसो काठमाडौं ल्याइने भएको छ । उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो । जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिइसकेको छ । सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत उनीहरुलाई काठमाडौं ल्याइने प्रहरी स्रोतले बतायो । गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो । तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । ‘सम्पत्ति…

पुरा पढ्नुहाेस्