बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे, आजै लिए सपथ

कात्तिक ११, काठमाडौं हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी…

Read More

मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए पद तथा गोपनीयताको सपथ

कात्तिक ११, काठमाडौ ।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् । यस्तै बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्रीले सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

Read More

प्रतिनिधिसभा बैठक १८ दिनका लागि स्थगित

कात्तिक ११, काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे । सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्‍यो । यसैवीच बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको…

Read More

प्रतिनिधिसभा बैठक: एमालेको अवरोध र नाराबाजी

कात्तिक ११, काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुमै बैठक अवरोध गरेका छन् । सभामुखको आसनअगाडि पुगेर उनीहरुले विभिन्न नारा लगाइरहेका छन् । बिहिबार दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता जिन्दावाद, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाइरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको प्रावधान, प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था स्मरण गराउँदै सभा सञ्चालन गर्न अनुरोध गरेपनि एमालेका सांसदले नाराबाजी गरिरहेका छन् ।

Read More

चैत मसान्तभित्र सबै नागरिकलाई खोप पाउने गरी व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

कात्तिक ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उनले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री देउवाले नागरिकलाई नि: शुल्क खोप उपलब्ध गराउने बताए । ‘दाताहरुसँग पनि खोप मागौं । आग्रह गरौं । हामी आफैं पनि खरिद गरौं तर खोपको कमी हुन नदिऊँ, देउवाले भने, ‘नागरिकलाई निस् शुल्क खोप लगाउने व्यवस्था गरौं ।’ बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र…

Read More

स्पेनका सभामुख नेपाल भ्रमणमा

कात्तिक ११, काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज बिहीबार काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन्। ६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुुका साथै…

Read More

एमाले स्थायी कमिटी बैठक बस्दै

cpn uml

कार्तिक ११, काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे बस्ने छ । आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ र समीक्षा हुने जनाइएको छ । साथै राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ । एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ ।

Read More

बाग्मतीमा नयाँ सरकार आजै, क-कसले लिदैछन् सपथ ?

कार्तिक ११, काठमाडौं । बाग्मती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । नयाँ बन्ने सरकारको मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेको दाबी पेश गरेको छ । सरकार बनाउन ५५ सांसद आवश्यक पर्ने बाग्मतीमा प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुखको कार्यालय पुगेर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बाग्मती प्रदेशमा प्रस्तावित समर्थनमा कुनै फेरबदल नआए आजै नयाँ सरकार बन्ने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक…

Read More

यस्तो छ आज बस्ने संसद बैठकको सम्भावित कार्यसूची

कार्तिक ११, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा एउटा मात्र सम्भावित कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो ।

Read More

५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

कात्तिक १०,हेटौडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।  

Read More