प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर {पूर्णपाठसहित}

चैत्र ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले २३ जना सांसदको प्रश्नको जवाफ दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए । कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।

पुरा पढ्नुहाेस्

प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन चितवनमा हुने

चैत्र ६,काठमाडौँ । प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन चितवनमा हुने भएको छ । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ हुने भएको हो । यही चैत १७ र १८ गते सो सम्मेलन हुने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । कृषिको रूपान्तरणकारी भविष्य: कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलता मूल नाराका साथ आयोजना हुन गइरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु…

पुरा पढ्नुहाेस्

सेयर बजार घट्यो !

चैत्र ६, काठमाडौँ । मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंक ०.३ प्रतिशत घटेको छ । सो गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ । अघिल्लो दिन २ अर्ब ८८ करोडको कारोबार भएकोमा मंगलबार २६ प्रतिशत धेरै अर्थात ३ अर्ब ६३ करोडको भयो । १०४ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ११ को स्थिर रह्यो । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । आजबाट…

पुरा पढ्नुहाेस्

मध्यराती पत्नीले सपनामा भिनाजु भन्दै बर्बराएपछि…..

चैत्र ६,काठमाडौँ । निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्‍याएका छन् । घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो घटनाबारे प्रहरीले उक्त दम्पतीको परिचय भने खुलाएको छैन । प्रहरीका अनुसार ६ महिना अघि उनीहरूको विवाह भएको थियो । तर, गत आइतबार राति निन्द्रामै पत्नीले आफ्नो भिनाजुको नाम बारम्बार लिएकी थिइन् । बारम्बार भिनाजुको नाम लिएपछि रिसले रन्थनिएका ती युवकले पत्नीलाई कुटपिट गरे । मध्यरातमा हो–हल्ला भएपछि छिमेकीहरूसमेत भेला भएका थिए । सोमबार बिहानै…

पुरा पढ्नुहाेस्

छोरीको कलेजोले बाबुले नयाँ जीवन पाएपछि…

चैत्र ६, कास्की । पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ ।विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो । एक वर्षदेखि उनलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए । कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उनको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण…

पुरा पढ्नुहाेस्

सबैभन्दा महङ्गो सर्वोत्तम सिमेन्ट, सेयरभाउ बढेर दोब्बर पुग्दै !

चैत्र ६, काठमाण्डौँ । आज पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको सेयरभाउमा सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ बढेर ६११.७ रुपैयाँ पुग्दै सकारात्मक सर्कीट लागेको हो । उक्त सेयरमा अहिले उच्च माग रहेको छ भने हालसम्म कुल ४०० कित्ता सेयरको कारोबार भएको छ । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदैछ । सर्वोत्तम सिमेन्टले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो । हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी…

पुरा पढ्नुहाेस्

सुनको भाउ ७ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत ६, काठमाण्डौँ । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख २४ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार पाँच सय २० मा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

‘काँग्रेसले गृहमन्त्री रविको साथ नपाएकाले फसाउन खोजिरहेको छ’ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई फसाउन खोजिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफूतिर नलागेको भन्दै काँग्रेसले सहकारीसँग सम्बन्धित नै नरहेका लामिछानेलाई फसाउन खोजिरहेको बताएका हुन् । ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ’ ओलीले भने ।

पुरा पढ्नुहाेस्

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै सिंहदरबारमा प्रदर्शन गर्ने कार्यकर्ता पक्राउ

चैत्र ६, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ नेविसंघले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरुले प्रदर्शन गरेका हुन् ।

पुरा पढ्नुहाेस्

‘दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयका साथ काम गरिरहेका छौँ’ : प्रधानमन्त्री दाहाल

चैत्र ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन् । आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन् । विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उनले दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए ।

पुरा पढ्नुहाेस्