दैलेखमा एमालेबाट मेयरका उम्मेदवारको गाडीमा आगजनी

बैशाख २६, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए ।

आठविस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि पार्किङमा रहेको गाडीमा आइतबार राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको छ।

गाडीमा कसैले आगो लगायो वा आफैँ केही कारणले लाग्यो भन्ने पुष्टि भइनसकेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply