सरावगी र एमाले कार्यकर्ताको अनुरोध-‘सूर्यमा मात्र भोट हालौं, उपमेयर उम्मेदवार झा ‘घरको न घाट का हुन्’

वीरगञ्ज २७ वैशाख । नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्यासी विजयकुमार सरावगी खुलेयाम रुपले सूर्य छापको लागि मात्र भोट मागिरहेको पाइएको छ । वीरगञ्ज महानगरमा एमाले र लोसपाले गठबन्धन गरेर निर्वाचन लड्ने सम्झौता गरेपनि मेयरका उम्मेदवार सरावगी र उनका समर्थकहरुले गठबन्धनको सम्झौता विपरित गएर सूर्य छापमा मात्र भोट मागिरहेको पाइएको हो ।

सम्झौता अनुसार वीरगञ्ज महानगरको मेयरमा एमालेबाट विजयकुमार सरावगी र उपमेयरमा लोसपाबाट पुरुषोत्तम लाल झा लडिरहेका छन् । तर, एमालेका मेयर उम्मेदवार सरावगी, एमालेका कार्यकर्ता र उनका समर्थकसमेतले मतदातासँग सूर्य छापमा मात्र मतदान गर्न आग्रह गरिरहेका छन् । उनले लोसपाबाट उपमेयर उम्मेदवार झाको साइकल चिन्हको प्रचार पनि गरिरहेका छैनन् ।

सरावगीले निर्वाचन लक्षित कार्यक्रमहरुमा समेत झालाई वेवास्ता गर्ने गरेका छन् । सरावगीले सोमबार सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेर लहरै एमालेको लागि भोट मागेका छन् । उनले राखेको तस्विरमा “आठ सूर्य, सातै छाप“ लेखिएको छ । अर्थात सात वटै मत सूर्यमा मात्र गरौँ भन्ने उनको अनुरोध छ । एमालेबाट उपमेयरको उम्मेदवार नभएपनि सरावगी र उनका समर्थकले उपमेयरमा पनि सूर्य छापमा मतदान गर्न आग्रह गरेको उक्त अनुरोधबाट स्पष्ट हुन्छ ।

सरावगीसँगसँगै उनका छोरा केशव सरावगी, स्वकीय सचिव पिन्टु उपाध्याय र कार्यपालिका सदस्यका केही उम्मेदवारले समेत सूर्य छापमा मात्र मतदान गर्न आग्रह गरिरहेका छन् । उनीहरुले पनि सामाजिक सञ्जालमा जतात्यतै “आठ सूर्य, सातै छाप“ लेखिएको पोस्टरहरु सेयर गरेको देख्न सकिन्छ ।

लोसपाबाट उपमेयरका उम्मेदवार झालाई एमालेले आफ्नो स्वार्थका लागि मात्रै तालमेल गरेको हो कि भन्ने आशंका पनि उत्पन्न भएको छ । झाले पनि लोसपाभित्रैका केही नेताहरुसमक्ष यस विषयमा गुनासो गरेका छन् । यद्दपी उनि खुलेर यस विषयमा बोल्न सकेका छैनन् । यसरी गठबन्धन गरेर पनि लोसपाका लागि भोट नमाग्दा त्यस पार्टीबाट उमपेयरका उम्मेदवार पुरुषोत्तमलाल झा न घरको न घाटको भएका छन् । गठबन्धन गरेर आफूले धेरै ठूलो गल्ती गरेको झाले विभिन्न ठाउँमा भन्ने गरेको स्रोतको दावी छ । त्यसतै उपमेयरका उम्मेदवार झाका परिवारकै सदस्यहरुले राजेशमान सिंहको समर्थन गरीरहेको हुँदा उनले आफ्नो परिवारबाट पनि सहयोग नपाएको स्पष्ट हुन्छ ।

संम्बन्धित समचार

Leave a Reply