‘हेटौँडा उपमहानगरपालिकामा १२ वटा वडाको मत परिणाम हेर्नुहोस्’

जेठ ५, काठमाण्डौ । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा १२ वटा वडाको मत परिणाम आएको छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १२ मध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ६ वटै वडामा नेकपा एमाले विजयी भएको छ।

हेटौँडा १, २, ३, ६, १६ र १७ नम्बर वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा १ मा सविन न्यौपाने, २ मा विष्णुगोपाल महर्जन, ३ नम्बरमा ढलक बहादुर थापा, ६ नम्बरमा विष्णु बहादुर दाहाल, १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन् ।

त्यसैगरी, वडा नम्बर ४, ५, १४, १५, १८ र १९ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ नम्बर वडामा नविन सिग्देल, ५ मा सुशील घिमिरे, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन् ।

हेटौँडा उपमहागरमा नेकपा ९माओवादी केन्द्र०ले हालसम्म एउटा पनि वडा जित्न सकेको छैन । हेटौँडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये हाल सिद्धार्थ मावि स्थित मतगणना स्थलमा ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाको मतगगणना जारी छ ।

संम्बन्धित समचार

Leave a Reply