भारतीय सहयोगमा दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

साउन १६,तनहुँ । भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख  शान्तिरमण वाग्लेले भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२ करोड १ लाख ९० हजारको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यस विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नत भएको हो । यस विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुपक्षिय विकास साझेदारी रहेकोे छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस विद्यालय परियोजनाको कार्यान्वयनले शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

संम्बन्धित समचार

Leave a Reply