अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउने जिम्मा प्रचण्डलाई

भाद्र ३,काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

‘विद्यार्थीमा दुई समूह देखियो त्यसलाई मिलाउने निष्कर्षमा पुगेका छौँ, त्यसको जिम्मा अध्यक्ष कमरेडलाई जिम्मा दिइएको छ’ महराले भने । अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह नेतृत्वको कमिटी भए पनि असन्तुष्टि जनाउँदै पवन कार्कीले समानान्तर कमिटी बनाएका छन् । दुवै कमिटीलाई एक बनाएर अघि बढाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

अखिल क्रान्तिकारीमा विवाद देखिएपछि पूर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा नरेन्द्र न्यौपाने र रत्न ढकाल रहने गरी तीन सदस्यीय विवाद समाधान कार्यदल गठन गरिएको थियो । कार्यदलले अध्ययन गरेर आफ्नो प्रतिवेदन स्थायी समिति बैठकलाई बुझाई सकेको छ । कार्यदलले दुवै पक्षलाई मिलाएर समानान्तर कमिटी खारेज गर्न सुझाव दिएको छ । एउटै संगठनमा समानान्तर कमिटी नचल्ने भन्दै कार्की पक्षलाई समेत पञ्चा सिंह नेतृत्वको कमिटीमा बसेर काम गर्न आग्रह गरी सकेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply