नाकामा रोकिएका सबै कन्टेनर दसैँअघि आउने, सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच वार्ता

भाद्र २८, काठमाण्डौ । चीनले स्वशासित क्षेत्र तिब्बतमा कोरोना महामारीका कारण रोकिएका सबै कन्टेनर दसैँअघि नै नेपाल आउन दिने आश्वासन दिएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली झाङ्सुले सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार भएको औपचारिक वार्तामा रोकिएका सबै कन्टेनर नेपाल पठाइदिने आश्वासन दिएका हुन् । सभामुख सापकोटाको निमन्त्रणामा ली नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल चारदिने नेपाल भ्रमणमा छ ।

नेपाली व्यापारीले सडकमार्गबाट ल्याउँदै गरेका सामान बोकेका कन्टेनर चीन नाकामा रोकिएका छन् । नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत यसका लागि प्रयास गर्दै आएको थियो । तैपनि चिनियाँ पक्षले यसलाई सम्बोधन गरेको थिएन । सभामुख सापकोटाले औपचारिक वार्तामा सीमानाका र तिब्बतका विभिन्न ठाउँमा रोकिएका कन्टेनर पठाइदिन आग्रह गरेपछि जनकंग्रेस अध्यक्ष लीले सकारात्मक जवाफ दिएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply