भाद्र २९, काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।
बिक्री खुलेको आईपीओ मध्ये कर्मचारीका लागि ३४ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।