नेपालमा लगानी गर्न फ्रान्सका बहुराष्ट्रिय कम्पनी इच्छुक

असार ४, काठमाडौँ । विश्वका ६० भन्दा बढी मुलुकमा लगानी गरिरहेको फ्रान्सका बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा लगानीका लागि इच्छा देखाएका छन्।

प्रधानमन्त्री केपी ओलीको फ्रान्स भ्रमणका क्रममा त्यहाँका उद्योगी व्यवसायीले वान टु वान वार्ताका क्रममा नेपालको भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र कृषिमा लगानी गर्न इच्छा देखाएका हुन्।

प्रधानमन्त्री ओलीसँगको छलफलमा झण्डै एक दर्जन बहुराष्ट्रिय कम्पनीका प्रमुख तथा व्यवस्थापकहरुले नेपालमा लगानीको सुरक्षा र अनुकूल कानुन भएमा आफूहरु लगानी गर्न तयार रहेको प्रष्ट पारे।

संम्बन्धित समचार

Leave a Reply