ढिला विवाह पुरुषका लागि पनि घातक हुनसक्छ !

पौष १७, काठमाण्डौँ । करियर बनाउने चक्करमा ढिलागरी हुने विवाह तथा उमेर छिप्पिएपछि गरिने बालबच्चाको प्लानिङका कारण आधुनिक समाजमा यस्ता दम्पतीहरुको संख्या तिब्र गतिमा बढिरहेको छ, जो बच्चा पैदा गर्नका लागि असमर्थ छन् । आमबुझाई छ, ‘उमेर बढ्दै गएपछि महिलाको प्रजनन क्षमता यानिकी आमा बन्ने सम्भावना घट्दै जान्छ ।’ पुरुषहरु ६० वर्षसम्म पनि पिता बन्न सक्छन् भन्ने बुझाई समाजमा व्याप्त छ । तर, विभिन्न अध्ययनहरुले उमेर बढेसँगै पुरुषहरुको पनि प्रजनन् क्षमतामा ह्रास आउने देखाएको छ ।

महिलाको बायोलोजिकल क्लक
उमेर बढेसँगै महिलाको आमा बन्ने सम्भावना घटेर जान्छ । महिलाका लागि २०(३० वर्षको बीचमा आमा बन्नु निकै लाभदायक मानिन्छ । ३०(४० को उमेरमा महिलाहरुको आमा बन्ने क्षमता तिब्ररुपमा घट्न थाल्छ । ४० वर्षपछि त यो सम्भावना झण्डै शून्यमा पुग्न थाल्छ ।

यसैलाई ध्यानमा राख्दै वैज्ञानिकहरुले महिलाको बायोलोजिकल क्लकको अबधारणा बनाएका हुने । जसमा देखाईएको छ, ‘एक युवतीमा आमा बन्ने क्षमता कति उच्च हुन्छ र उमेर बढेसँगै त्यो कसरी घट्दै जान्छ ।’

यसको कारण हो कुनै पनि महिला आफ्नो जीवनकालमा प्रजनन्का लागि जरुरी एग एक सीमासम्ममात्रै उत्पन्न गर्न सक्छिन्, जबकि पुरुषहरु लगभग आफ्नो पूरा जीवनकालमा स्पर्म उत्सर्जन गर्न सक्दछन् ।

समयमै विवाह गर्नुस्, पुरुषको पनि घट्छ प्रजनन क्षमता
हालै गरिएको एक अनुसन्धानबाट पत्ता लागेको छ, उमेर बढ्नुको असर पुरुषहरुको पिता बन्ने सम्भावनामा पनि पर्छ । जनरल ह्यूमन रिप्रोडक्सनमा यसै साता छापिएको एक रिपोर्ट अनुसार उमेर बढेसँगै पुरुषको सिमन उत्सर्जन क्षमता घट्ने गर्छ । साथै स्पर्मको क्यालिटी पनि कम हुँदै जान्छ ।

उदाहरणका लागि ५० वर्षको एक पुरुष र ३० वर्षको अर्को पुरुषको तुलनामा २० प्रतिशत कम सिमन उत्सर्जन गर्छ । उमेर बढेसँगै शुक्रकिटहरु डिम्मसम्म पुग्ने गतिपनि ढिला हुन थाल्छ । यसकारण उमेरदार पुरुषहरु बाबु बन्न गाह्रो हुने गरेको पाईएको छ ।

तर पुरुषको बायोलोजीकल क्लक महिलाको जस्तो तिब्ररुपमा भने चल्दैन । यानिकी महिलाहरुको प्रजनन् क्षमता घट्ने दर पुरुषकोभन्दा कैयन गुणा बढी हुन्छ । पुरुषको प्रजनन क्षमता कुनै एउटा निश्चित बिन्दुबाट तिब्ररुपमा घट्ने नभएर विस्तारै(विस्तारै घट्दै जान्छ ।

किन घट्छ पुरुषको प्रजनन क्षमता
विशेषज्ञहरु भन्छन्, यसको मुख्य दुई कारण छ । पहिलो त उमेर बढेसँगै लिंगको माध्यमबाट शुक्रकिट र यूरिनलाई बाहिर ल्याउने कोशिकाहरु कमजोर बन्न थाल्छन्, जसमा शुक्रकिट उत्सर्जन तथा यो डिम्मसम्म पुग्ने गतिमा पनि कमी आउँछ ।

दोस्रो कारण भनेको बाहिरी चिजहरुको असर हो । जस्तै प्रदुषित वातावरणमा रहने विषाक्त तत्व, बढ्दो तापक्रम तथा धुम्रपान र मध्यपानको आदत । अघिल्लो वर्ष अक्टोबरमा सार्वजनिक भएको यस्तै एक रिपोर्टका अनुसार ३५ वर्षभन्दा माथिका पुरुषहरुको स्पर्मको डीएनए ड्यामेज हुन थाल्छ ।

यसको भने जन्मिने बच्चाहरुमा देखिन्छ । ड्यामेज भएका डीएनए महिलाको डिम्ममा मिलेर जन्मिने बच्चाहरु जन्मजात बिमारी तथा सारीरिक रुपमा असक्त पनि हुनसक्छन् ।

संम्बन्धित समचार

Leave a Reply