सप्तरीमा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

असोज ५, सप्तरी । बिष्णुपुरका एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका अनुसार बिष्णुपुर गाउँपालिका-१ पर्साही टोलका ५५ वर्षीय पुरुषको आइतबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरोसँगै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि ती पुरुषलाई एक साताअघि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमै उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

यद्यपि उनको रिपोर्ट पोजेटिभ कहिले आएको हो ? भन्ने सन्दर्भमा बुझ्ने काम भइरहेको उनले बताए ।

यसअघि सोही गाउँपालिका वडा नम्बर-३ का ६२ वर्षीया कोरोना संक्रमित महिलाको आइतबार साँझ राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको आइसोलेसन केन्द्रमा मृत्यु भएको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply