सांसद यादवको पहलमा रजतजयन्ती चौक-मितेरी पुल सम्मको बाटो मर्मत सम्भार

-दिपु वर्णवाल

असोज ६, बिरगंज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको पहलमा वीरगञ्ज रक्शौल जोडने मितेरी पुल तथा भन्सार एरीयाका बाटोहरुको मर्मत सम्भार गरिएको छ । नेपालको मुख्य प्रवेश द्धारको रुपमा रहेको रक्शौल वीरगञ्जलाई जोडने बाटो तथा मितेरी पुल भएर दैनिक सयौ गाडी ओहोर दोहोर गर्दा बाटोको अवस्था दिन प्रतिदिन जर्जर हुदै गएको देखेर संघिय सांसद यादवको पहलमा सडक डिभिजन कार्यालय हेटौडा द्वारा रजतजयन्ती चौक देखी मितेरी पुल सम्मको बाटोमा रहेका खाल्डा खुल्डी तथा बिग्रेको बाटोहरुको मर्मत सम्भार गरिएको हो ।

एक हप्ता अगाडी संघिय सांसद प्रदिप यादव, संघिय सांसद लक्षमण लाल कर्ण तथा सुरक्षा निकायका प्रमुखहरु सहित सिमानाकाको अनुगमन गर्ने क्रममा सांसद यादवले मितेरी पुल तथा भन्सार क्षेत्रमा रहेका बाटोहरुको मर्मत सम्भार गराउने बताएका थिए । मुख्य भन्सार भएर दैनिक रुपमा सयौको संख्यामा पेट्रोलियम पदार्थ तथा उद्योगको कच्चा पदार्थ बोकेर ओहोर दोहोर गर्ने गाडीहरुको चाप धान्न नसकेर बाटोहरु खाल्डा खुल्डी हुनुको साथै बिग्रेर जर्जर भएको थियो ।

खाल्डा खुल्डीका कारण गाडीहरु बिग्रीने तथा पल्टिने दैनिक समस्या हुने गरेको थियो तर सांसद यादवको पहलमा अहिले बाटोहरुको मर्मत सम्भार भएपछि गाडीहरुको ओहोर दोहोर तथा आगमनमा केही हदसम्म समस्याको समाधान भएको गाडी चालकहरु बताउछन ।

संम्बन्धित समचार

Leave a Reply