कस्तो छ आजको मौसम ?

असोज २१, काठमाडौं । प्रदेश १, २ र बागमतीको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ का एकरदुई स्थानमा सामान्य वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

ती प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति भने प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सी पनि प्रदेश १, २ र बागमती प्रदेशको मौसममा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply