धादिङमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति थपिए ?

कातिक ३,धादिङ । धादिङमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिकाका १३ जना, रुवीभ्याली गाउँपालिकाका ७ जना, खनियाबास गाउँपालिकाका ६ जना, थाक्रे गाउँपालिकाका ४ जना, गजुरी गाउँपालिकाका ३ जना, सिद्धलेक गाउँपालिकाका २ जना, ज्वालामुखी गाउँपालिकाका २ जना रहेका छन् ।

यस्तै बेनीघाट रोराङ गाउँपालिकाका १ जना, त्रिपुरा सुन्दरी गाउँपालिकाका १ जना, गंगाजमुना गाउँपालिकाका १ जना र नेत्रावती डबजोङ गाउँपालिकाका १ जना गरी ४१ जना रहेका छन् । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ८ सय ७९ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply