बैतडीमा जीप दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते !

मंसिर ९, काठमाण्डौ । भारतमा पेन्सन लिन गएकाहरु सवार गाडी दुर्घटनामा परेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भारतबाट पेन्सन बुझेर फर्किएकाहरु सवार ना १ ज २१९६ नम्बरको जीप बैतडीको बुढ्ढा नजिकै दुर्घटना भएको जानकारी दिए ।

उनले दुर्घटनामा ७० वर्षीय कलावती चन्द, ५८ वर्षीय कृष्ण लावड, ७५ वर्षीय पार्वती चन्द, ७० वर्षकी पार्वती चन्द नै र ७७ वर्षीय भगीरथ पाण्डेको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनीहरु सबै नगरपालिका ७ का स्थायी बासिन्दा भएको बताइएको छ । यस्तै दुर्घटनामा रवीन्द्र चन्द, कष्णानन्द भट्ट, खगेन्द्र जोशी, प्रदीप लावड घाइते भएका छन् । घाइतेहरुको बैतडी जिल्ला अस्पतालमा उपचार भैरहेको छ । बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको सो जीप दुर्घटनामा परेको बताइएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply