बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल यहि महिना आउँदैछ !

पुस ३, काठमाडौं । सरकारले बंगालदेशसंग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ । सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको टोलीले बिहीबार मल किन्ने सम्झौता गरेको थियो ।

मल ल्याउन ठेक्का पाइसकेको कम्पनीले आगामी साता एलसी प्रतीतपत्र खोल्ने र एलसी खोलेको दुई सातापछि मल नेपाल ल्याउन सुरु गर्ने कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। हरिबहादुर केसीले जानकारी दिए । ‘बंगलादेश गएको टोली शनिबार फर्केलगत्तै एलसीको प्रक्रिया थालिनेछ ढिलोमा पुस २१ सम्म छिटोमा १५ गतेसम्म मल आउन सुरु गर्ने केसीको भनाई छ । ढुवानी सुरु भएको एक सातामा सबै मल नेपाल भित्रिने पनि उनले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply