संसारकै राम्रो पासपोर्टको पहिलो नम्बरमा जापान,नेपालको खराब सुचीमा !

पुस २९, काठमाण्डौ । द हेन्ले पासपोर्ट सूचांकले संसारकै राम्रा र खराब पासपोर्टको सूची जारी गरेको छ । अमेरिकी अखबार सिएनएनमा प्रकाशन भएअनुसार संसारकै राम्रो पासपोर्टको पहिलो नम्बरमा जापान परेको छ । जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो अग्रणी भएको हो । १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ । १८९ देश जान मिल्ने गरी दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन् ।

चौथोमा इटाली, फिनल्यान्ड, स्पेन र लक्जेम्वर्ग १८८ देश छन् । अघिल्लो वर्ष पहिलो, दोस्रो, तेस्रोमा अहिले परेकै देशहरू थिए भने चौथोमा इटाली र फिनल्यान्ड मात्र थिए । स्पेन र लक्जेम्वर्ग पोहोरसम्म १८७ देश घुम्न जान मिल्ने भएकाले पाँचौं नम्बरमा थिए ।

नेपाल भने सबभन्दा खराबको सूचीमा परेको छ । ४० भन्दा कम देश जान मिल्ने सुविधा भएका भनेर खराबमा यी देश राखिएका हुन् । द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पार्छ ।

संम्बन्धित समचार

Leave a Reply