त्रिकोणात्मक टि२० आई सिरिज: नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

बैशाख ४,काठमाडौँ । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुने छ ।

दुवै टोली त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको नेतृत्व पिटर सीलारले गर्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम पटक प्रतिस्पर्धा २०१९ अक्टोबर ७ मा भएको थियो ।

ओमानमा सम्पन्न पाँच टोली बीचको टि२० आई सिरिजमा यी दुई टोलीले खेलेका थिए । नेपाल घरेलु समर्थक र मैदानको फाइदा उठाउन चाहन्छ । यता बलियो टोली नेदरल्यान्ड्स उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने सोचमा छ ।

संम्बन्धित समचार

Leave a Reply