इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष चारमा प्रवेश !

जेठ ६, काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष चारमा प्रवेश गरेको छ । बर्नलीलाई ३-० गोलले पराजित गर्दै लिभरपुलले अर्को च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको हो । लिभरपुलका लागि फिर्मिनो, फिलिस्प र अक्सलाइ चेम्बरलिनले एकरएक गोल गरेका हुन् । जितसँगै लिभरपुल ६६ अङ्कसहित चौथो स्थानमा रहेको छ ।

यस्तै क्रिस्टल प्यालेससँगको खेलमा आर्सनल ३-१ गोलले विजयी भएको छ । लिगमा छनोट हुने आशासहित मैदानमा उत्रिएको वेष्ट ह्याम युनाइटेडले वेस्ट ब्रुमलाई ३-१ गोलले पराजित गरेको छ । इङ्ग्लिस प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply