ग्लोबल आइएमई बैंकको मूनाफा ४२ प्रतिशतले बृद्धि

साउन ३२, काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ ४ अर्ब माथि मूनाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ  मूनाफा कमाएको हो ।

यो भन्दा अघिल्लो वर्ष यस बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ  नाफा कमाएको थियो । बैंकको सेयर पुँजी ४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

ब्याज आम्दानी ९.४७ प्रतिशतले बढाएको यस बैंकको निक्षेप २६.४३ प्रतिशत र कर्जा २०.२६ प्रतिशतले बढेको छ । बैंकको निष्कृय कर्जा पनि १.७६ बाट घटेर १.४२ प्रतिशतमा झरेको छ । बैंकको प्रति शेयर आम्दानी (ईपीएस) पनि बढेर १५.३३ रुपैयाबाट १९.०८ रुपैयाँमा पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply