बागमती प्रदेश इन्चार्जको भूमिकामा बादलको सम्बोधन

भाद्र ३१,काठमाडौँ । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश इन्चार्जकै भूमिकामा अतिथि बनेका थिए ।

एमालेमा २ जेठ २०७५ अगाडि शाक्य बागमती प्रदेश इन्चार्ज थिइन् । दश बुँदेमा पार्टी संरचना २ जेठ २०७५ अगाडिकै अवस्थाबाट सञ्चालन हुने उल्लेख छ । ८ भदौको स्थायी कमिटी र १० भदौको एमाले केन्द्रीय कमिटीले दश बुँदे सहमति कार्यान्वयनको निर्णय गरेको छ ।

अर्थात् दश बुँदे कार्यान्वयन भए शाक्य प्रदेश इन्चार्ज हुनेछिन् । तर प्रज्ञा भवनको कार्यक्रममा भने शाक्य नभएर बादल इन्चार्ज रहे ।

 

संम्बन्धित समचार

Leave a Reply