प्रभु क्यापिटलले पारित गर्यो ४० प्रतिशत लाभांश

असोज १७, काठमाडौँ । प्रभु क्यापिटलको १३ औं वार्षिक साधारण सभा सकिएको छ । शनिबार छायाँ सेन्टर ठमेलमा ४० प्रतिशत लाभांशको प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।

क्यापिटलले नगद लाभांश १७.६१ प्रतिशत र २२.३८८५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारितसँगै शेयरधनीले अव नगद र बोनस शेयरसहित कूल ४० प्रतिशत लाभांश पाउनेछन् ।

यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पुर्याउने पहिलो कम्पनी बनेको छ ।

प्रभु क्यापिटलले मर्चेन्ट बैंकिङ अन्तरगत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।

संम्बन्धित समचार

Leave a Reply