थप ७ सय ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १०२ जना भेन्टिलेटरमा

आश्विन २६, काठमाडौ । नेपालमा थप ७ सय ९२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६९१ तथा एन्टिजेन विधिबाट १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल हाल १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ४५९ जना होम आइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३०६ जना सघन उपचार कक्ष तथा १०२ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९१० जना संक्रमणमुक्त बनेका छन् भने १४ जना ज्यान गुमाएका छन् । यही अवधिमा थप ६९ हजार ८२४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply