जिल्लामा व्यस्त नेता यादव: जनताको गुनासो सुन्दै, विकासको समिक्षा गर्दै !

कात्तिक ७,सिरहा । जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता तथा सिरहा क्षेत्र नं ४ को संघिय सांसद पूर्वमन्त्री राजकिशोर यादव यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय छन् । यतिबेला उनि जिल्लामा कार्यकर्ता भेटघाट, विकास निर्माणका कामको समिक्षा,पार्टीको संगठन विस्तार आदिमा सक्रिय रहेको बताइन्छ । चाडपर्वकै बिचमा उनि जिल्ला दौडाहामा निक्लिएका हुन् । हुनत मधेसवादी नेताको रुपमा यादव निर्वाचन क्षेत्रमा प्राय सक्रिय रहने नेताको रुपमा स्थापित छन् ।

उनको पछिल्लो जिल्ला दौडाहा हेर्ने हो भने असोज १६ गतेदेखि नै उनि जिल्लाको मिर्चिया,बन्दीपुरमा थिए । त्यसको भोलीपल्ट जिल्लाकै कल्याणपुरमा काङ्ग्रेसका वडा सभापति प्रमोद कुमार यादव लगायतलाई पार्टी प्रवेश गर्न भ्याए । असोज १८ गते उनि कल्याणपुर नगरपालिका–५ चिकनामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । त्यसको लगतै असोज २८ गते बिजयादशमीको अवसरमा आयोजित मधेसको पहिचानयुक्त खेल कुस्ती प्रतियोगिताको उदघाटन गरे । नेता यादवको यो सक्रियता करिब असोज महिनाभरी नै रह्यो ।

असोज २९ गते नेता यादव ब्रम्हाकुमारी राजयोग उपसेवा केन्द्र मिर्चैयाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्न व्यस्त रहे । यस संगसंगै उनले बिष्णुपुरमा कार्यकर्तासंग उनिहरुको गुनासा तथा सुझाव सुन्न भ्याए । कातिक १ गते नेता यादवले मिर्चैया नपा वडा न १० को मतलेश्वर बजारमा बृहत कार्यकर्ता भेटघाट तथा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न भ्याए । नेता यादवको यो सक्रियताले आम जसपा कार्यकर्ता मात्रै नभई अन्य नागरिकले समेत सकारात्मक दृष्टिले हेरेका छन् ।

कात्तिक ५ गते सिरहाको कर्जन्हा नगरपालिकामा कार्यकर्ता भेटघाटमा समय बिताएका यादव पार्टीको आयोजनामा भएको मिर्चैया नगरकार्य समितिको चियापान तथा शुभकामना आदानप्रदानमा सहभागी भए । खासगरी मधेसवादी दलका नेतालाई मधेसको राजनिति काठमाडौँको बसाई भनेर टिप्पणी गरिदै आएको छ । यसमा पनि पुराना र नेतृत्वमा रहेका नेता निर्वाचनमा मात्रै जिल्ला आउनेमा पर्दछन् । यसको विपरित नेता यादव भने जिल्लाका प्राय कार्यक्रम छुटाउदैनन् । उनलाई मधेसमा जनमत भएको नेताको रुपमा समेत व्याख्या गरिन्छ ।

संम्बन्धित समचार

Leave a Reply