सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज दुई खेल हुँदै, थ्री स्टार लगातार दोस्रो जितको खोजीमा

मंसिर १०,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब दिउँसो १ बजे तथा सङ्कटा र फ्रेन्ड्स क्लब बेलुका पौने ५ बजे खेल्दैछन् ।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो । थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

शीर्षस्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । यस्तै सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो ।

संम्बन्धित समचार

Leave a Reply