दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक

मंसिर १६, काठमाडौँ । सरकारले दक्षिण अफ्रिका र हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

ती देशलाई ट्रान्जिट बनाएर आउने तथा तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई पनि नेपाल प्रवेशमा रोक लगाएको जनाएको छ । उनीहरुलाई भोलि राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको बताईएको छ । अहिले ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

ती देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोम भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply