आजको मौसम: उपत्यकामा दिउँसोबाट घाम लाग्ने

पुस २९, काठमाडौ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ । मौसमविद मञ्जु वासीले भनिन् – ‘कर्णाली प्रदेशदेखि प्रदेश १ सम्म कहीँ हल्का, कहीँ मध्यम खालको बर्षा भएको छ ।

यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट भने मौसममा क्रमिक सुधार आउँछ ।’ उनले काठमाडौं उपत्यकामा आज दिउँसो घाम लाग्ने पनि बताइन् ।

संम्बन्धित समचार

Leave a Reply