प्रदेश १ मा आज बन्ने मन्त्रीहरुमा को-को छन् ?

माघ २३, काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ ।

सत्तागठबन्धनमा भागबण्डा मिलाउन प्रदेशमा रहेका सात मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । अहिले मुख्यमन्त्रीसहित पाँच मन्त्रालयको जिम्मेवारी छ।

आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्नेछन् ।

माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्नेछन् । एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् । यस्तै‚ कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply