सातौँ राष्ट्रिय कर दिवस : बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर

मंसिर १,काठमाडौँ । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे ।

बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । यसअघि पनि दुई पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । यस्तै व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर जबरा सम्मानित भए ।

सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा विगत पाँच वर्षदेखि उनी सम्मानित हुँदै आएका छन । उनी होटल, ट्रेडिङ, ट्राभललगायत विभिन्न क्षेत्रमा काम गर्र्दै आएका छन।

कर दिवसको अवसरमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

यस्तै बैंक वित्तिय संस्थातर्फ नबिल बैंक, बीमामध्येबाट नेपाल पुनर्विमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेशनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।

व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि तथा रु ४० करोड कारोवार भएका मध्येबाट नेपाल इन्भेष्टमेन्ट प्रालि, वार्षिक रु ४० देखि ८० करोड कारोवार गर्ने मध्येबाट नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाउने घोराही सिमेन्ट प्रालिलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई पुरस्कृत गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply