नेकपा (एस) बागमतीको संसदीय दलको बैठक सकियो,नयाँ सरकार गठनको जिम्मा पाण्डेलाई

भदौ २८, काठमाडौँ । नेकपा एकिकृत समाजवादी पार्टीले बाग्मति प्रदेश संसदीय दलको उपनेतामा कृष्ण प्रसाद खनाललाई चयन गरेको छ । बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले खनाललाई सर्वसम्मत चयन गरेको हो । हेटौडास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ४ बुदे निर्णय गर्दै बागमती प्रदेश सभामा दलको प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुमागाईलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै बाग्मतिमा नयाँ सरकार गठन गर्न गठबन्धनमा रहेका दलहरु संग छलफल गर्ने जिम्मा दलका नेता राजेन्द्र पाण्डेलाई दिने निर्णय गरेको छ । तीन दलीय गठबन्धनको सरकार गठनपछि बन्ने सरकारको न्युनतम…

पुरा पढ्नुहाेस्

एमालेको रूपन्देही जिल्ला कमिटी नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित

भदौ १२, काठमाडौँ । एमालेको समानान्तर कमिटी सञ्चालन गर्दै आएको नेपाल पक्षको रूपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको छ । रूपन्देहीको बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवाद) मा रूपान्तरित हुने निर्णय गरेको हो । समानान्तर कमिटीका अध्यक्ष राजु गुरूङको अध्यक्षतामा बसेको बैठकमा सहभागी सदस्यले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा…

पुरा पढ्नुहाेस्