काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा लगाइँदै

माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँने भएको छ । शनिबारबाहेक आजदेखि आगामी फागुन ५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई तीन हप्ता पूरा भएका विद्यार्थीले दोस्रो डोज खोप लगाउनका लागि पूर्ववत् खोप केन्द्र तोकिएका विद्यालयहरूमा जानुपर्ने महानगरले जनाएको छ । काठमाडौं महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको छ ।  

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरमा भोलीदेखि फाइजर खोपको दोस्रो मात्रा लगाइने

माघ २३, काठमाडौँ । । काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेका सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम…

पुरा पढ्नुहाेस्

फाइजर खोप नेपाल आइपुग्दै, दिर्घ रोगीलाई लगाइने

कात्तिक ०८, काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिन लागेको कोभिड-१९ विरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदान स्वरुप उपलब्ध गराएको १ लाख ६२० डोज कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउन लागेको हो । यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर…

पुरा पढ्नुहाेस्