मंकीपक्स संक्रमित देशबाट नेपाल आउनेलाई क्वारेन्टिन बस्न आग्रह

जेठ १०, काठमाडौँ । सरकारले मंकीपक्स भाइरसको संक्रमण नेपालमा पनि फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन सरकारले नागरिकलाई आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले मंकीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई दुई हप्ता क्वारेन्टिन बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र…

पुरा पढ्नुहाेस्

१५ देशमा फैलियो मंकीपक्स, के-के हुन् लक्षण ?

जेठ ९, काठमाडौं । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स भाइरसका संक्रमण थप देशहरु अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा देखिएको छ । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ । मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै…

पुरा पढ्नुहाेस्