सरकारको नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

जेठ ७, काठमाडौँ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आजको बैठकमार्फत् संसद्लाई जानकारी गराएका हुन् । नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो महासेठ, भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार…

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

जेठ ७, काठमाडौँ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आजको बैठकमार्फत् संसद्लाई जानकारी गराएका हुन् । नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो महासेठ, भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार…

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु हुने

जेठ ७, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु हुने भएको छ । संघीय संसदका दुवै सदनमा छुट्टाछुट्टै बैठक बसेर नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा आज प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने भएका छन् । नीति कार्यक्रममाथि केही सांसदले संशोधन दर्तासमेत गराएका छन् ।

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेल

जेठ ५, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रम भोली संसदमा प्रस्तुत गरिने

जेठ ४, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८र७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं…

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ १४,काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार सदनबाट बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए। संशोधनका लागि पेश भएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएपछि प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी, दुर्गा पौडेल, शेरबहादुर तामाङ, भीम रावल, प्रेम सुवाल र…

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

जेठ २,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ । विस्तृत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् । नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले हाल्यो संशोधन दर्ता

बैशाख २१,काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको छ । शनिबार संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजालसहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेसको पहिलो संशोधन ‘मेरो सरकार’मा छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न गरेको संविधानका धाराहरु विपरित भएको भन्दै कांग्रेसले नेपाल सरकार भन्न संशोधन हालेको छ । प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकारमाथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु हटाउनु पर्ने उसको संशोधन छ ।…

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, संशोधन प्रस्ताव बहुमतले अस्वीकृत

जेठ १३,काठमाडौँ । प्रतिनिधिसभाबाट सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए । यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा. मीनेन्द्र…

पुरा पढ्नुहाेस्

सरकारको नीति तथा कार्यक्रम : प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

जेठ १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको आज संसदमा जवाफ दिने भएका छन । प्रधानमन्त्री ओलीले जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा छलफलमा सहभागि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन । जवाफका लागि प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बोलाइएको छ । छलफलका क्रममा सत्तापक्षका सांसदहरुले नीति कार्यक्रमको समर्थन गर्दै कतिपय विषय थप गर्न सुझाव दिएका छन् । प्रतिपक्षी दलका सांसदहरुले भने सरकारले पेश गरेको कार्यक्रमको प्राथमिकतामाथि नै प्रश्न उठाएका छन् ।

पुरा पढ्नुहाेस्