नेप्से हालसम्मकै उच्च बिन्दुमा, ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा, कारोवार रकम कति ?

चैत्र २२, काठमाण्डौ । आइतबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेप्से परिसूचक अलटाइम हाइ बिन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । त्यस्तै, आज कारोबार भएका कूल कम्पनीहरुमध्ये ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको नेप्से परिसूचकको यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि फागुन ९ गते २६४०.३१ अंकले बढेर सेयर बजारले नयाँ रेकर्ड राखेको हो ।…

पुरा पढ्नुहाेस्