आईपीएलमा आज कोलकाता र दिल्लीबिच भिडन्त हुँदै

बैशाख १७, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १७औँ संस्करणमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच खेल हुनेछ । खेल कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४७औँ खेल हो । कोलकाता नाइट राइडर्सले आफ्नो नवौँ खेल खेल्न लागेको हो । दिल्ली क्यापिटल्सले भने जारी सिजनको आईपीएमा आफ्नो ११औँ खेल खेल्न लागेको हो ।

पुरा पढ्नुहाेस्

लगानी सम्मेलनको दोस्रो दिन : पाँच एमओयू सम्झौता

काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता एमओयू भएको छ । सम्मेलनमा आज होटलसँग सम्बन्धित र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो । नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ । यस्तै नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी एनएपीपीपी र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल ९वाप्प०बिच समेत एमओयू सम्झौता भएको हो । सम्झौताअनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउनेछ । यस्तै सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित…

पुरा पढ्नुहाेस्

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

बैशाख १७, काठमाण्डौँ । भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ । प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

पुरा पढ्नुहाेस्

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै प्रवेश पासको व्यवस्था

बैशाख १७, काठमाण्डौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र त्यो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

इलाम–२ मा एमाले र बझाङ प्रदेशसभा–१ मा कांग्रेस उम्मेदवार अगाडी बढ्दै

बैशाख १७, काठमाडौँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । सोमबार बिहान ८ः५५ सम्म प्राप्त अद्यावधिक विवरणअनुसार इलाम २ मा एमालेका सुहाङ नेम्वाङले ८ हजार ८९८ मतका साथ अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार २८० मत पाएका छन् भने तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ४ हजार ६३४ मत पाएका छन् । यसैगरी बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार…

पुरा पढ्नुहाेस्

बझाङमा कुन दललाई कति मत ?

बैशाख १७, धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् । सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो । तेस्रे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् । राप्रपाका किशोर खड्काले…

पुरा पढ्नुहाेस्

इलाम २ मा सुहाङको अग्रता बढ्यो, स्वतन्त्र उम्मेदवार थेगिमको कति ?

बैशाख १७, काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका ६ वडाबाहेक को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् । नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् । रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् । इलाम २ मा तत्कालीन प्रतिनिधि सभा सदस्य…

पुरा पढ्नुहाेस्

आजकौ मौसम : पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित हल्का वर्षाको सम्भावना

बैशाख १७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी , मधेस र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ…

पुरा पढ्नुहाेस्

तेस्रो लगानी सम्मेलनको उद्घाटनमै दुई सम्झौता

बैशाख १६,काठमाडौँ । तेस्रो लगानी सम्मेलनमा दुईवटा सम्झौता भएका छन् । लगानी बोर्डले आयोजना गरेको दुईदिने सम्मेलनको उद्घाटनमै दुई सम्झौता भएको हो ।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रिज अपफ मलेसिया ९एनआईसीसी०बीच ब्यापार र लगानी प्रबर्द्धनका लागि सम्झौता भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच पनि सम्झौता भएको छ । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे द्धिपक्षीय सम्झौता भएको हो । बीएलसी…

पुरा पढ्नुहाेस्

नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

बैशाख १६, काठमाण्डौँ । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाण्डौंमा आज आयोजित संछिप्त समारोहमा दुवै पक्ष बीच सम्झौता भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन् । मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलार्इ प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ। यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने…

पुरा पढ्नुहाेस्